नियम ३१
मेलमिलापकर्ताको सूची
: (१) मेलमिलाप गराउने प्रयोजनका लागि तालीम, अनुभव, आचरण, निष्पक्षता तथा निष्ठासमेतका कुरा विचार गरी पूर्व न्यायाधीश, कानून व्यवसायी, स्थानीय तहका पदाधिकारी, समाजसेवी, बहालवाला वा सेवानिवृत सरकारी अधिकृत, प्राध्यापक वा शिक्षक, मेलमिलाप कार्यमा संलग्न रही आएका व्यक्ति वा संस्थाको नाम, ठेगाना, पेशा, अनुभव, तालीम आदिको विस्तृत विवरण खुलाई रजिष्ट्रारले सम्भावित मेलमिलापकर्ताको सूची तयार गर्नु पर्नछ।
तर मेलमिलाप सम्बन्धी तालीम नलिएका वा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धीकरण, वन्यजन्तुको ओसार पसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको व्यक्तिको नाम त्यस्तो सूचीमा समावेश गरिने छैन।
(२) उपनियम (१) बमोजिम तयार भएको -सूचीको अध्ययन गरी मेलमिलापकर्ताको अन्तिम सूची स्वीकृत गर्न देहाय बमोजिमको समिति रहनेछ:-
(क) अध्यक्ष -संयोजक
(ख) सदस्यहरु - सदस्य
(ग) रजिष्ट्रार - सदस्य-सचिव
(३) उपनियम (२) . बमोजिमको समितिले मेलमिलापकर्ताको सूची स्वीकृत गर्न तथा थप मेलमिलापकर्ताको नाम सूचीमा समावेश गर्न सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम स्वीकृत भएको मेलमिलापकर्ताको सूची तथा सूचीबाट नाम हटाएको विवरण अदालतले प्रकाशन गर्नेछ।